दाङ । दाङको तुलसीपुरमा एक युवक मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका-१० का २८ वर्षीय राजेन्द्र केसी घरबाट दूध वितरण गर्न जाने क्रममा मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयवासीले केसीलाई मोटरसाइकलसहित लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा उनी मोटरसाइकल चलाउने क्रममा छिमेकीको घरको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
केसीको शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीकाअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन