हेटौँडा । मकवानपुरको मनहरी खोलामा बगेर बेपत्ता भएका कैलाश गाउँपालिका-४ सिसैटाका ३२ वर्षीय अशोक प्रजाको शव दुई दिनपछि फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मनहरी गाउँपालिका-७ स्थित मनहरी पुलबाट करिब ३०० मिटर दक्षिणतर्फ मनहरी खोलाको बीच भागमा पानीको बहाव कम भएको स्थानमा शुक्रबार बिहान करिब ८ः३५ बजे उनको शव फेला परेको हो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली खटिएर शवको पहिचान तथा घटनाबारे अनुसन्धान अघि बढाएको थियो । सो क्रममा मृतकका भाइ सुजन प्रजा चेपाङले बिहान ११ः३० बजे शव अशोक प्रजाको भएको सनाखत गरेका हुन् ।
प्रहरीकाअनुसार अशोक साउन २० गते राति करिब ११ बजे कालिटारबाट देउतिसस्थित घर जाने क्रममा मनहरी खोला तर्ने क्रममा बेपत्ता भएका थिए ।







सुनचाँदीको मूल्य बढ्यो, आज प्रतिताेला
सडक विस्तारमा विद्युत् पोल स्थानान्तरण
पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति
पूर्वाधार विकासमा प्रशासनिक ढिलासुस्ती र
ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण गर्ने