बर्दिया । जबरजस्ती करणी मुद्दामा पाँच वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार बढैयाताल गाउँपालिका–१ शान्तिपुरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ती व्यक्तिविरुद्ध २०७८ सालमा जबरजस्ती करणीको आरोपमा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएदेखि नै उनी फरार रहेको प्रहरीले जनाएको छ।
पाँच वर्षपछि पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पेस गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।







बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै