काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले नेपालको सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन वा सच्याउन माग गर्नुभएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले प्रधानमन्त्री साहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेर दिनुभएको अभिव्यक्ति राष्ट्रिय अभिलेखमा राख्न नमिल्ने बताउनुभयो।
उहाँले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाएसम्म विपक्षी दलहरूको अवरोध कायमै रहने चेतावनीसमेत दिनुभयो।
राष्ट्रियता र नेपालको भू–भागसँग सम्बन्धित संवेदनशील विषय भएकाले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति हटाउन वा सच्याउन सभामुखबाट रुलिङ हुनुपर्ने उहाँको माग छ।
‘हामी राष्ट्रका लागि आवश्यक पर्दा रगत बगाउन सक्छौँ, आफ्नै बलि दिन सक्छौँ। तर राष्ट्रहितविरोधी कुनै पनि विवादास्पद भनाइलाई राष्ट्रिय रेकर्डमा राखिराख्न सक्दैनौँ,’ उहाँले भन्नुभयो।
प्रधान सचेतक दुलालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई उक्त विषयमा जवाफ दिन लगाउन सभामुखसँग आग्रह गर्नुभयो। प्रधानमन्त्रीले संसद्मा आएर स्पष्ट जवाफ दिएमा विवाद समाधान हुने उहाँको भनाइ छ।
‘प्रधानमन्त्रीज्यूले सदनमा आएर नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिनुभएको अभिव्यक्ति सच्याउन, स्पष्टीकरण दिन वा हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौँ। यो माग हामीले छोड्न सक्ने विषय होइन,’ उहाँले भन्नुभयो।
उहाँले विपक्षी दलहरूका तर्फबाट उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन जोडदार माग गर्दै त्यसो नभए सभामुखबाट आवश्यक रुलिङ हुनुपर्ने बताउनुभयो।
गत जेठ १७ गते प्रधानमन्त्री साहले भारतले मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलहरूले निरन्तर संसद्मा विरोध जनाउँदै आएका छन्।







फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु