काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो चरणका विजेताको घोषणा गरेको छ।
विभागले साउन १ गतेदेखि १५ गतेसम्म दैनिक एक जना गरी १५ जना विजेता तथा पाक्षिक रूपमा एक जना बम्पर उपहार विजेता घोषणा गरेको हो।
पाक्षिक बम्पर उपहारका विजेताले शिवकृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गर्नुभएको थियो। कुपन नम्बर ००७३१५२५४४९३ रहेका उहाँले १० लाख रुपैयाँ जित्नुभएको विभागले जनाएको छ।
दैनिक विजेतामध्ये साउन १ गते लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुलमा ३० हजार रुपैयाँ भुक्तानी गर्ने उपभोक्ता विजेता बन्नुभएको छ। उहाँको कुपन नम्बर ००७७५५५८०६७० रहेको छ।
त्यस्तै, साउन २ गते आरबी इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स सेन्टरमा २७० रुपैयाँ भुक्तानी गर्ने उपभोक्ता (कुपन नं. ००२९२८८१७८११) विजेता बन्नुभएको छ।
साउन ३ गते टर्मिनल वान हिमालयन मार्ट प्रालिमा ५६० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ०३०६६७७९५८९) र साउन ४ गते बिजनेस इन्टरटेनमेन्ट प्रालिमा २४० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ०१५६११०५९०७५) विजेता बन्नुभएको छ।
यसैगरी, साउन ५ गते भेटघाट रेस्टुरेन्टमा ३०० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ००९९१७८३३२४५), साउन ६ गते श्री पाथीभरा देवी ट्रेडर्समा २३० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ००८७८२४८६३३५) र साउन ७ गते हाम्रो सहारा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमा ३ हजार रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ०१२२५८०८६५९९) विजेता बन्नुभएको छ।
साउन ८ गते शुभ सिद्धि सप्लायर्समा ९०० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ००४७८०९४०८८४) तथा साउन ९ गते होटल एम्ब्रोसिया प्रालिमा ७३० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ०१३०३५२३०२९७) विजेता बन्नुभएको विभागले जनाएको छ।
त्यस्तै, साउन १० गते मुस्कान मोबाइलमा ४ हजार ७०० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ०१४९७३९३०७३३) र साउन ११ गते टोखा डेरीमा २२५ रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ०१०८३७१८०३३२) विजेता बन्नुभएको छ।
साउन १२ गते मेगा मार्ट प्रालिमा १६० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ००१८०८९६५९८६), साउन १३ गते मदन स्टोरमा ५८० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ००६८४१५५३५३७), साउन १४ गते एलिप्स ईकम प्रालिमा ५०० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ००५५८८५०६०८५) तथा साउन १५ गते पिपुल कलेक्सनमा ५०० रुपैयाँ खर्च गर्ने उपभोक्ता (कुपन नं. ०११३८०९१४५८०) विजेता बन्नुभएको विभागले जनाएको छ।
विभागका अनुसार साउन १ देखि १५ गतेसम्मका दैनिक १५ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन्।







मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :