काठमाडौं । प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले विगत ३५ वर्षको राजनीतिक बहस दोहोर्याइरहनुभन्दा वर्तमान सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताउनुभएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले विगतमा भएका कामको समीक्षा गर्दै ‘३५ वर्षमा के भयो?’ भन्ने प्रश्न उठाइरहनुभन्दा अघिल्ला सरकारले गर्न नसकेका काम पूरा गरेर वर्तमान सरकारले उदाहरण प्रस्तुत गर्नुपर्ने बताउनुभयो।
उहाँले विगत ३५ वर्षको राजनीतिक यात्राको सम्पूर्ण जिम्मेवारी वर्तमान प्रतिनिधिहरूमाथि नपर्ने बताउँदै अहिले संसद्मा आएका धेरैजना विगतमा सक्रिय राजनीतिमा नरहेको उल्लेख गर्नुभयो।
अतीतलाई लिएर आरोप–प्रत्यारोप गर्नुभन्दा वर्तमान सरकारले काम गरेर जनतामाझ परिणाम देखाउनुपर्ने उहाँको भनाइ छ।
‘३५ वर्ष उहाँहरूले नगरेका काम अब तपाईंहरू गर्नुस्। लेट्स लिड बाइ एक्जाम्पल। ३५ वर्षको आक्रोशले आज सत्ता पक्षलाई यो शक्ति दिएको छ भने त्यही ३५ वर्षको अपेक्षा पनि तपाईंहरूको काँधमा आएको छ,’ उहाँले भन्नुभयो।
सांसद ओलीले विगतप्रति नागरिकमा रहेको असन्तुष्टिले वर्तमान नेतृत्वलाई अवसर दिएको भन्दै अब उक्त अवसरलाई परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।






राप्रपा महामन्त्री शरदराज पाठकले छाडे
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र