काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको पछिल्लो आदेशले कांग्रेसलाई थप एकताबद्ध बनाउने सम्भावना बढेको बताउनुभएको छ।
राष्ट्रिय भेला आयोजक समितिको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिको संख्या बढ्ने दाबी गर्नुभयो।
डा. कोइरालाले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने र राष्ट्रिय भेलामा सहभागी हुने जानकारी दिनुभयो।
देउवा स्वदेश फर्किँदा राज्यका तर्फबाट धरपकड हुने अवस्था नआउने विश्वास व्यक्त गर्दै त्यस्तो भए विरोध गर्ने चेतावनीसमेत दिनुभयो।
‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन जस्तो लाग्छ। त्यस्तो भइहाले विरोध गर्छौँ,’ उहाँले भन्नुभयो।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक कोइरालाले देउवा साउन २६ गते स्वदेश फर्किने र त्यसपछि राष्ट्रिय भेलामा सहभागी हुने बताउनुभयो।
पत्रकार सम्मेलनमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुन नसकेको जानकारी दिँदै डा. कोइरालाले उहाँको स्वास्थ्य अवस्था राम्रो नरहेको बताउनुभयो।
त्यस्तै, नेता शेखर कोइरालाको समेत राष्ट्रिय भेलालाई समर्थन रहेको उहाँले दाबी गर्नुभयो।
‘शेखर दाइ विराटनगरमा घर बनाउँदै हुनुहुन्छ। त्यसमा व्यस्त भएकाले आउन सक्नुभएन। तर उहाँको समर्थन छ,’ डा. कोइरालाले भन्नुभयो।
सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेसभित्रको विवाद समाधानतर्फ अघि बढ्ने वातावरण बनेको उल्लेख गर्दै उहाँले राष्ट्रिय भेलामा सहभागी हुनेको संख्या पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो।







रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का