जनकपुरधाम । सरकार र मिटरब्याज पीडित पक्षबीच भएको लेनदेनसम्बन्धी ९ बुँदे सहमति तथा मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाउँदै साहु–महाजनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्।
पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले आफूहरूको हितविपरीत हुने गरी गरिएका निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले सरकारले एकतर्फी रूपमा गरेको सहमति तथा मन्त्रिपरिषद्को निर्णय फिर्ता लिनुपर्ने माग अघि सारेका हुन्।
मधेस प्रदेशका आठवटै जिल्लाबाट जनकपुरधाम आएका साहु–महाजनहरूले नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला अदालत धनुषाअगाडि पुगेर प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘कानुनी राज्य बहाल गर’ लगायतका नारा लगाएका थिए।
पीडित लेनदेन संघर्ष समिति, मधेसका अध्यक्ष विजय यादवले सरकारले आफूहरूको माग बेवास्ता गरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ।
उहाँका अनुसार माग सम्बोधन नभए आगामी भदौ १ गतेदेखि काठमाडौं पुगेर सिंहदरबार घेराउ तथा माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
संघर्ष समितिले लेनदेनसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित सबै पक्षलाई समेटेर त्रिपक्षीय वार्ता आह्वान गर्नसमेत माग गरेको छ।







फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु