हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ सेल्फी रोडस्थित सामुदायिक वनमा बोराभित्र राखेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब १ः५० बजे स्थानीयवासी च्याउ टिप्न जाने क्रममा सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा डग र एसओसीओसहितको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बोरा खोलेर हेर्दा नाम, थर र वतन नखुलेकी करिब ३०–३२ वर्षीया महिलाको शव फेला परेको हो।
कानुनी प्रक्रिया पूरा गरी शव हेटौँडा अस्पतालमा ल्याइएको छ। महिलाको पहिचान तथा घटनाको प्रकृतिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको