काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री धवलशम्शेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ नेतृत्वको समूहले नयाँ राजनीतिक दल दर्ताको तयारी तीव्र पारेको छ ।
नयाँ दल दर्ताका लागि आवश्यक कार्यविभाजन गर्न शुक्रबार कार्यक्रम आयोजना गरिएको छ । समूहले प्रस्तावित दलको नाम ‘जय नेपाल पार्टी’ राखेर निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेको जनाएको छ ।
दल गठन तथा दर्ताका लागि आवश्यक सांगठनिक संरचना, जिम्मेवारी बाँडफाँट र अन्य प्रक्रियालाई अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
राणा र प्रसाईँले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित सहकार्य अघि बढाएका हुन् । प्रस्तावित ‘जय नेपाल पार्टी’मार्फत आगामी राजनीतिक गतिविधि अघि बढाउने उनीहरूको तयारी छ ।
शुक्रबार आयोजित कार्यक्रममा नयाँ दल दर्तासँग सम्बन्धित जिम्मेवारी तथा कार्यविभाजनबारे छलफल गरिएको थियो । दल दर्ताको औपचारिक प्रक्रिया भने निर्वाचन आयोगमा पूरा गर्न बाँकी छ ।







सुनचाँदीको मूल्य बढ्यो, आज प्रतिताेला
सडक विस्तारमा विद्युत् पोल स्थानान्तरण
पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति
पूर्वाधार विकासमा प्रशासनिक ढिलासुस्ती र
ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण गर्ने