काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको नियत र इमानदारीमा प्रश्न नरहे पनि राज्य सञ्चालनमा अझै सुधार आवश्यक रहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद झाले सरकारको राज्य सञ्चालन गर्ने शैलीमा कतिपय ठाउँमा कमजोरी देखिएको टिप्पणी गर्नुभयो। उहाँले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधान संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारले मूलमन्त्र बनाउनुपर्ने बताउनुभयो।
उहाँले सरकारको नियत र इमानदारीमाथि आफूलाई कुनै शंका नरहेको स्पष्ट पार्दै राज्य सञ्चालनलाई अझ प्रभावकारी बनाउन कमजोरी स्वीकारेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन। कुनै शंका पनि छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर कता–कता ढंग नपुगेको हो कि जस्तो लाग्छ। र त्यो स्वीकार्नुपर्छ।”
सांसद झाले राज्य सञ्चालनका क्रममा आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले समस्या निम्त्याउन सक्ने बताउनुभयो। अज्ञानता स्वीकार गर्दै नजानेका विषय सिक्ने संस्कारको विकास गर्नुपर्ने उहाँको भनाइ छ।
“तपाईंलाई के थाहा छैन भन्नेबारे पनि तपाईंलाई थाहा छैन भने साँचिकै तपाईंलाई केही थाहा छैन। त्यसकारण आफूलाई थाहा नभएको कुरा जान्नुपर्दछ र त्यो कुरा सिक्नुहुन्छ,” उहाँले भन्नुभयो।
राज्य सञ्चालन, लोकतन्त्रको रक्षा तथा संविधान संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई मूलमन्त्र बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो।
सरकारले आफ्ना कमजोरी स्वीकार गर्दै राज्य प्रणाली सञ्चालनका विभिन्न पक्षमा सुधार गर्नुपर्ने उल्लेख गर्दै सांसद झाले हरेक दिन राज्य सञ्चालनको शैलीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो।







बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले