काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले दिएको ‘नो लाइन, वन्ली अनलाइन’ नाराको स्मरण गर्दै सरकारले नागरिकलाई परिवर्तनको अनुभूति गराउन नसकेको टिप्पणी गर्नुभएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद प्रसाईंले रास्वपाको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार बने पनि नागरिकले अपेक्षित परिवर्तन महसुस गर्न नसकेको बताउनुभयो।
आफूले चुनावका बेला सरकारी कार्यालयमा लाइन हटाउने प्रतिबद्धतासहित भाषण गरेको स्मरण गर्दै उहाँले अहिले नागरिकहरू खाना पकाउने ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था आएकोप्रति असन्तुष्टि जनाउनुभयो।
“कहिलेकाहीँ म कन्फ्युज हुन्छु– मेरै गालामा मेरै चड्कन। चुनावताका सरकारी कार्यालयमा नो लाइन, रास्वपाको पालामा वन्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिन्छु,” उहाँले भन्नुभयो।
ग्यासका लागि नागरिक दिनभर, रातभर र मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु सरकारका लागि लज्जाको विषय भएको उहाँले बताउनुभयो।
“आज जनता भात पकाउने ग्यासका लागि दिनभर, रातभर, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई साँच्चिकै लाज लागेको छ,” उहाँले भन्नुभयो।
सांसद प्रसाईंले ग्यास अभावबारे सरकारसमक्ष दुई प्रश्नसमेत राख्नुभयो। देशभर ग्यासको अभाव भइरहेका बेला प्रधानमन्त्री र मन्त्री निवासमा समेत ग्यासको अभाव छ कि छैन भन्ने प्रश्न उहाँले गर्नुभयो।
त्यस्तै, सरकारले पर्याप्त ग्यास आयात भइरहेको दाबी गरिरहेको अवस्थामा बजारमा कृत्रिम अभाव र कालोबजारी भइरहेको हो भने त्यसमा संलग्नलाई कारबाही गर्न दुई तिहाइ बहुमतको सरकारलाई केले रोकेको हो भन्ने प्रश्न पनि उहाँले उठाउनुभयो।
सरकारले नागरिकको अपेक्षाअनुसार राजनीतिक संस्कार र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै प्रसाईंले जनताले केवल नयाँ अनुहार नभई नयाँ चरित्र र राजनीतिक संस्कार खोजेको बताउनुभयो।
“जनताले नयाँ सरकार भनेर चिल्ला, ह्यान्डसम नयाँ अनुहार खोजेका होइनन्, नयाँ चरित्र खोजेका हुन्। त्यो हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ,” उहाँले भन्नुभयो।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न