भोजपुर । कर्मचारीबीच समन्वय गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले स्थापित कर्मचारी मिलन केन्द्र भोजपुरको अध्यक्षमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक विष्णुहरि बराल चयन हुनुभएको छ।
शुक्रबार सम्पन्न केन्द्रको ३६औँ साधारणसभाले बरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा आयुर्वेद स्वास्थ्य केन्द्रका डा. नुतन महतो, सचिवमा नेपाल वायु सेवा निगमका प्रकाश खड्का, सहसचिवमा नापी कार्यालयका सागरराज गिरी र कोषाध्यक्षमा नेपाल बैंक लिमिटेडका लिलामणि चापागाईं चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा भूमि प्रशासन कार्यालयका विदुर भट्टराई, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी अनन्ता राई, कृषि ज्ञान केन्द्रका नवराज भूसाल, टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहाल, डिभिजन वन कार्यालयका नुरमोहमद मियाँ, निर्वाचन कार्यालयका डिकेन्द्रप्रसाद सुवेदी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सन्तोषकुमार साह र स्वास्थ्य कार्यालयका राजुकुमार श्रेष्ठ चयन हुनुभएको छ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी राजन पौडेल, निर्वाचन समितिका संयोजक खुद्रुस मियाँ र निवर्तमान कार्यवाहक अध्यक्ष मनोज पण्डितले खादा तथा अबिर लगाएर प्रमाणपत्र प्रदान गर्नुभयो।
साधारणसभाको उद्घाटन सत्रमा गत जेठ १६ गते गणतन्त्र दिवसका अवसरमा केन्द्रले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। केन्द्रका संरक्षक एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल, प्रमुख जिल्ला अधिकारी पौडेललगायतले रक्तदातालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
सभामा सचिव प्रकाश खड्का र कोषाध्यक्ष लिलामणि चापागाईंले प्रस्तुत गर्नुभएको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित भएको छ। यस्तै, केन्द्रका सागरराज गिरीले विधान संशोधनसम्बन्धी प्रस्तावसमेत प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा केन्द्रका संरक्षक जिल्ला न्यायाधीश दाहाल, प्रमुख जिल्ला अधिकारी पौडेल, सल्लाहकार एवं नयाँ श्रीनाथ गणका गणपति मनोज ढुंगेल, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र गुरागाईं, राष्ट्रिय अनुसन्धान प्रमुख रुद्र गुर्मछान मगर, अग्रज पत्रकार निरोज कोइरालालगायत केन्द्रका पदाधिकारी, सदस्य तथा विभिन्न कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।







पर्यटन नीति एकातिर, बजेटको बाटो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,
इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार
नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड