सिरहा । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले घर बनाइदिने भएको छ।
प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारका लागि दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिने भएको हो।
यससम्बन्धी सहमति शुक्रबार मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच भएको छ। मृतकका बुवा रामवृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव तथा स्थानीय समाजसेवी र अगुवाहरूको उपस्थितिमा लिखित सहमति गरिएको हो।
घटनालगत्तै गणेशको परिवारलाई भेट्न पुग्नुभएका मन्त्री सिंहले परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै घर निर्माण गरी सरकारको उपस्थिति देखाउनुपर्ने प्रस्ताव प्रदेश सरकारको बैठकमा राख्नुभएको थियो।
मन्त्री सिंहका अनुसार परिवारले घर निर्माणका लागि जग्गा उपलब्ध गराउनेबित्तिकै निर्माण कार्य सुरु हुनेछ। प्रदेश सरकारले घर निर्माणका लागि बजेटसमेत विनियोजन गरिसकेको छ।
भौतिक पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादवका अनुसार मृतक गणेशका बुवा रामवृक्ष यादवका लागि रङरोगनसहित दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गर्न ५ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
उहाँका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ भित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।







गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो
सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर