काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग र बढ्दो वित्तीय अपराधलाई वर्तमान समयको शान्ति सुरक्षाको मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ ।
प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता अविनारायण काफ्लेले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना (मिसइन्फरमेसन) र भ्रामक सूचना (डिसइन्फरमेसन) का कारण साम्प्रदायिक, जातीय तथा धार्मिक सद्भाव खलबलिने जोखिम बढेको बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय वित्तीय तथा साइबर अपराधका घटना पनि उल्लेख्य रूपमा बढेका छन् । विशेषगरी १० प्रकारका प्रमुख अपराधको विश्लेषण गर्दा साइबरसँग सम्बन्धित ‘स्क्यामिङ’का घटना बढी देखिएको उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता काफ्लेले कुनै पनि गतिविधिलाई समयमै समन्वय र रोकथाम गर्न नसकिए त्यसले भयावह रूप लिन सक्ने भन्दै सामाजिक सञ्जालको दुरुपयोगबाट सिर्जित सुरक्षा चुनौतीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।
“कुनै पनि गतिविधिलाई समयमै समन्वय र रोकथाम गर्न नसकिए त्यसले भयावह रूप लिन सक्छ भन्ने तथ्य हालैका केही घटनाले पुष्टि गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगका कारण सिर्जित सुरक्षा चुनौतीलाई हामीले गम्भीरताका साथ लिएका छौँ,” उहाँले भन्नुभयो ।
यस्ता सुरक्षा चुनौती न्यूनीकरण तथा सम्भावित अपराध रोकथामका लागि नेपाल प्रहरी प्रधान कार्यालयले विशेष कार्ययोजना बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाएको प्रवक्ता काफ्लेले बताउनुभयो ।
अपराध रोकथामका लागि प्रहरी प्रशासन बेलैदेखि सचेत रहेको र तयार गरिएको कार्ययोजनाअनुसार सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने उहाँको भनाइ छ ।







मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला