काठमाडौं । हर्के हल्दारको परिचय बनाउनुभएका कलाकार बिष्णु सापकोटा टेलिभिजनमा फर्किनुभएको छ । उहाँ ‘कमेडी बाज’ कार्यक्रममार्फत कमब्याक गर्नुभएको हो । पछिल्लो समय कुनै पनि कार्यक्रममा नेदेखिनुभएका सापकोटा अब कमेडी बाजमा निरन्तर देखिने हुनुभएको हो ।
हरेक आइतबार राति आठ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको कमेडी बाजमा उहाँ पर्फमरको रुपमा देखिदै हुनुहुन्छ । उहाँ आफ्नो परिचित पात्र हर्के हल्दारकै गेटअपमा प्रस्तुति दिने जनाइएको छ ।
यही आइतबार प्रसारण हुन लागेको कमेडी बाजको नयाँ भागबाट उहाँ देखिनुहुने छ । यो भागमा सुशिल नेपाल, प्रताप दास, सिडी बिजय अधिकारी र श्यामराना अतिथिको रुपमा कार्यक्रममा पुग्नुभएको छ ।
कमेडी बाजका निर्माता, निर्देशक तथा सन्चालक सुन्दर खनालका अनुसार अब निरन्तर हर्के हल्दारलाई देख्न पाइनेछ । ‘दर्शकले निकै मन पराएको क्यारेक्टर हो हर्के हल्दार, त्यसैले दाइलाई आग्रह गरेर कमेडी बाजमा ल्याएका हौं,’ खनालले भन्नुभयो ।
कलाकार सापकोटा लामो समयदेखि हर्के हल्दार सिरियलमा काम गर्दै आउनुभएको थियो । तर, पछिल्लो चार वर्ष सिरियलबाट बाहिरिनुभएको थियो ।







विवाहित महिलातर्फ युवा किन आकर्षित
भीमदत्तमा सिँढीबाट लडेर युवकको मृत्यु
देशका विभिन्न स्थानमा सडक अवरुद्ध,
यस्तो छ आजका लागि कृषि
भैँसेपाटीका मन्त्री आवास असोजभित्रै तयार
राष्ट्रिय उद्योग पुनर्जीवनको दाबी गर्दै