काठमाडौं । चलचित्र विकास बोर्डले नेपालको पहिलो नेपाली फिल्म ‘आमा’का चार कलाकारहरूको उपस्थितिमा ‘ओल्ड इज गोल्ड’ कार्यक्रमको आरम्भ भएको छ ।
शुक्रबार ‘आमा’का कलाकारहरू भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको उपस्थितिमा विकास बोर्डमा कार्यक्रम आरम्भ गरिएको हो ।
कलाकारहरूलाई हरिवंश आचार्य र बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले माला लगाएर स्वागत गर्नुभएको थियो । त्यसपछि चारै कलाकारहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण बोर्ड अध्यक्ष दिनेश डीसीले गर्नुभएको थियो । चलचित्र प्रदर्शनअघि उहाँले कलाकारहरूसँग ‘आमा’ निर्माण र प्रदर्शनताकाका अनुभव तथा नेपाली चलचित्रको प्रारम्भिक यात्राबारे संवाद गर्नुभएको थियो ।
कलाकारहरूले चलचित्र निर्माण प्रक्रिया, त्यस समयको फिल्म वातावरण र आफ्ना स्मरणहरू दर्शकमाझ सुनाउनुभएको थियो । त्यसपछि उहाँहरूको उपस्थितिमै ‘आमा’ फिल्म प्रदर्शन गरिएको थियो ।
दशकौंअघि आफूहरूले अभिनय गरेको चलचित्र पुनः ठूलो पर्दामा हेर्न कलाकारहरू उपस्थित हुँदा कार्यक्रम भावुक बनेको थियो । कार्यक्रममा नयाँ पुस्तासहित ठूलो संख्यामा दर्शक सहभागी भएका थिए । हलका सिट भरिएपछि केही दर्शकले उभिएरै फिल्म हेरेका थिए ।
कार्यक्रममा अध्यक्ष डीसीले अब हरेक महिना एउटा ऐतिहासिक नेपाली चलचित्रको विशेष प्रदर्शन गरिने घोषणा गर्नुभयो । उहाँका अनुसार विशेष प्रदर्शनबाट संकलन हुने रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिनेछ ।
बोर्डले पुराना तथा ऐतिहासिक नेपाली चलचित्रलाई नयाँ पुस्तासम्म पुर्याउने, तिनमा योगदान दिएका कलाकार तथा प्राविधिकको सम्मान गर्ने र नेपाली चलचित्र इतिहासको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘ओल्ड इज गोल्ड’लाई नियमित कार्यक्रमका रूपमा अगाडि बढाउने जनाएको छ ।
साउन २७ गते बुधबारसम्म चलचित्र विकास बोर्डमा सञ्चालन हुने प्रदर्शनीमा नेपाली चलचित्रको इतिहासमा महत्त्वपूर्ण स्थान बनाएका १० चलचित्र निःशुल्क देखाइने बोर्डले जनाएको छ । ‘आमा’सँगै ‘सिन्दुर’ र ‘परिवर्तन’, ‘मनको बाँध’, ‘के घर के डेरा’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’को विशेष प्रदर्शनी हुनेछ ।







प्रचण्ड बहुमतको अहंकारले शासकीय अराजकता
शिक्षक महासंघद्वारा तेस्रो परिषद्का निर्णय
पाँच वर्षपछि जबरजस्ती करणी मुद्दाका
राष्ट्रका लागि रगत बगाउन तयार
करदाता प्रोत्साहन कार्यक्रम : १५
विशेष महाधिवेशनको वैधानिकताको रक्षा गर्छौं,