काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ । हरि लम्सालको शब्द तथा संगीत, समीक्षा अधिकारी र सागर आलेले स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको यो गीतले नेपाली विवाह र उत्सवको झझल्को दिन्छ ।
गीतको भिडियोमा सुन्दर युवती देखेर युवकले गरेको घरजमको आग्रह र डान्सिङ व्याटर्नमा पञ्चेबाजामा तयार गरिएको गीतको भिडियोमा केकी अधिकारी र करण साहको नृत्य छ । यसअघि यो चलचित्र शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो ।
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा हुनुहुन्छ ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रको कथासँगै पटकथा पनि लम्सालले नै लेख्नुभएको हो ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुनुहुन्छ । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुनुहुन्छ भने सह-निर्माता कृष्ण काफ्ले रहनुभएको छ ।
शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने हुनुहुन्छ । यसलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।







बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले