काठमाडौं । चलचित्र ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । अशोक थापा मगरको निर्देशनमा बनेको यस चलचित्रको सार्वजनिक गीतमा एसडी योगी र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । सुरेन्द्र रानाको शब्द रहेको गीतका संगीत निर्देशकमा एसडी योगी हुनुहुन्छ भने संगीत निर्माता रिकेश गुरुङ रहनुभएको छ ।
सार्वजनिक गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड हुनुहनछ । गीतको भिडियो सुरेन्द्र राईको कोरियोग्राफीमा बनेको छ । यो चलचित्र आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ ।
चलचित्रमा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बाल कलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गर्नुभएको छ । यो चलचित्रबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गर्नुभएको छ ।
चलचित्रका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहनुभएको छ ।







विवाहित महिलातर्फ युवा किन आकर्षित
भीमदत्तमा सिँढीबाट लडेर युवकको मृत्यु
देशका विभिन्न स्थानमा सडक अवरुद्ध,
यस्तो छ आजका लागि कृषि
भैँसेपाटीका मन्त्री आवास असोजभित्रै तयार
राष्ट्रिय उद्योग पुनर्जीवनको दाबी गर्दै