सुनसरी । बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र-चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो ।
कार चालक धरान उपमहानगरपालिका-१३ का ३४ वर्षीय थमन राई र त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-५ की २२ वर्षीया जीवनी राई तथा मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका-३ का २६ वर्षीय अमर कामत र त्यसमा सवार सोही स्थानका ३८ वर्षीय शङ्कर चौधरीलाई पक्राउ गरिएको हो ।
अभियुक्तहरुलाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।







मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :