काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही पनि एक्लो नरहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरूले सरकारको कामकारबाहीमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले शुक्रबार मध्यरातमा सामाजिक सञ्जालमार्फत आफू एक्लै भएको संकेत गर्दै स्टाटस लेख्नुभएको थियो।
त्यसको जवाफमा नेता झाले शनिबार फेसबुकमार्फत प्रधानमन्त्री शाहलाई सरकारमा सबैको साथ रहेको बताउनुभएको हो।
‘परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो हुनुहुन्न। हामी सबै साथमा छौँ,’ झाले लेख्नुभएको छ।
उहाँले संसदमा आफूहरूले प्रधानमन्त्रीको नियत र आशयमा शंका नरहेको तर सरकारमा सुधार गर्नुपर्ने केही पक्ष रहेको स्पष्ट रूपमा बताएको स्मरण गराउनुभएको छ।
‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ उहाँले लेख्नुभएको छ।
ऐतिहासिक अवसर खेर जान नदिन सरकारलाई सचेत गराउने काम निरन्तर रहने झाको भनाइ छ।
‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ,’ उहाँले लेख्नुभएको छ।
जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने बताउँदै झाले आफू सरकारको साथमा रहेको पनि स्पष्ट पार्नुभएको छ।
‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो हुनुहुन्न,’ उहाँले लेख्नुभएको छ।
यसअघि शुक्रबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘सही समय आउनलाई केही समय लाग्छ’ भन्दै ‘ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्’ लेख्नुभएको थियो।
उहाँले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलोचोटि होइन’ भन्दै आफूले सामना गरिरहेको परिस्थितिबारे संकेत गर्नुभएको थियो।







ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य