काठमाडौं । गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किनुभएको छ । लोकप्रिय गीतकार डीपी खनालको शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को संगीतमा तयार भएको मौलिक तीज गीत ‘रानीहार’ सार्वजनिक गरिएको हो । विषम आचार्यको एरेन्ज रहेको गीतले सुनका गरगहना नभए पनि खुसी र आनन्दका साथ तीज मनाउनुपर्ने सकारात्मक सन्देश दिएको छ ।
केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र गायिका भण्डारीको अभिनय तथा नृत्य छ । विशाल थापाको छायांकन र दीपक विष्टको सम्पादन रहेको भिडियो डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पुनरागमनबारे गायिका भण्डारीले इच्छा र आत्मविश्वास भए उमेरले प्रतिभा प्रस्तुत गर्न बाधा नहुने बताउनुभयो । उहाँले जुनसुकै उमेरमा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिने सन्देश दिन आफू पुनः गायनमा फर्किएको उल्लेख गर्नुभयो ।







सुनचाँदीको मूल्य बढ्यो, आज प्रतिताेला
सडक विस्तारमा विद्युत् पोल स्थानान्तरण
पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति
पूर्वाधार विकासमा प्रशासनिक ढिलासुस्ती र
ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण गर्ने