काठमाडौं । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन ५१ दिनमा सकिएको छ । जेठ १५ गतेदेखि सुरु भएको चलचित्रको छायांकन धनकुटा, सुनसरी र काठमाडौंमा गरिएको हो ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा हुनुहुन्छ । कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापालगायत कलाकारको पनि अभिनय रहेको छ ।
निर्देशक आचार्यले छायांकनमा जस्तै पोस्ट प्रोडक्सनमा पनि मेहनत गरेर दर्शकले रुचाउने चलचित्र निर्माण गर्ने बताउनुभयो । गत वर्ष आचार्य निर्देशित ‘परान’ सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेपछि ‘चिरञ्जीवी भवः’प्रति दर्शकको चासो बढेको छ ।
कुमार कट्टेलको कथामा निर्माण भएको चलचित्रको लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गर्नुभएको छ । सामाजिक ड्रामाका रूपमा निर्माण भएको चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषय बनाएको छ ।
उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता हुनुहुन्छ । चलचित्र २०८३ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । आरआर फिल्म्सले चलचित्रको देशव्यापी वितरण गर्नेछ ।






फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा
‘महाराजधिराज’का लागि पुष्पको सिक्स प्याक