काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणमा समस्या देखिएपछि सरकारले अनुगमन तीव्र बनाएको छ।
नेपाल आयल निगमले साविकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको दाबी गरिरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार काठमाडौँका ग्यास उद्योग तथा डिपोको अनुगमन गर्नुभएको हो।
मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ तथा बिक्री–वितरणको अवस्थाबारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकुस्थित कार्यालय परिसरमा रहेको ग्यास डिपोमा पुगेर बिक्री–वितरणको अवस्थाबारे जानकारी लिनुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ।
अनुगमनका क्रममा मन्त्री यादवले विद्यार्थी, मजदुर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री–वितरण गर्न निर्देशन दिनुभयो।
बजारमा ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा साउन १६ गतेदेखि नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यास बिक्री–वितरण गर्दै आएका छन्।
उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेर ग्यासको बिक्री–वितरणलाई सहज बनाउने प्रयास गरिरहेको जनाएको छ।
निगमका अनुसार काठमाडौँ उपत्यकामा मात्रै दैनिक करिब ४० हजार सिलिन्डर ग्यास बिक्री भइरहेको छ।
निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको बताउनुभयो। आगामी दिनमा ग्यासको आयात परिमाण थप वृद्धि गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो।
सरकारले बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन ग्यास उद्योग, डिपो तथा बिक्री केन्द्रको अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ।







वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने
हिमालयन रिइन्स्योरेन्स शेयर कारोबार प्रकरण:
आन्दोलनका कारण योजनावद्ध काम गर्न
करिब ६४७ किलो गाँजासहित दुई
विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष
मेसीको दुई गोलमा इन्टर मियामीको