भद्रपुर (झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटासमेत उल्लेख्य रूपमा बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आव २०८२/८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर ३६ अर्ब ३८ करोड रुपैयाँ नाघेको हो।
आव २०८१/८२ को असारसम्म काँकरभिट्टा नाकाबाट २५ अर्ब ८३ करोड १० लाख ६४ हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेकामा गत आवको सोही अवधिमा १० अर्ब ५५ करोड १९ लाख ७८ हजार रुपैयाँले वृद्धि भई ३६ अर्ब ३८ करोड ३० लाख ४२ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा यस नाकाबाट हुने आयात २२ दशमलव ७१ प्रतिशतले बढेको छ। आव २०८१/८२ मा ५१ अर्ब ८ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएकामा आव २०८२/८३ मा ११ अर्ब ६० करोड ९ लाख १८ हजार रुपैयाँले वृद्धि भई ६२ अर्ब ६८ करोड ७४ लाख २६ हजार रुपैयाँ पुगेको छ।
यस्तै, निर्याततर्फ ४ दशमलव १५ प्रतिशतको वृद्धि भएको छ। आव २०८१/८२ को असारसम्म २५ अर्ब २५ करोड ५४ लाख ४४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएकामा गत आवमा १ अर्ब ४ करोड ८९ लाख ३९ हजार रुपैयाँले बढेर २६ अर्ब ३० करोड ४३ लाख ८३ हजार रुपैयाँ पुगेको छ।
आयात र निर्यात दुवैमा वृद्धि भएपछि काँकरभिट्टा नाकाबाट हुने कुल वैदेशिक व्यापार १६ दशमलव ५७ प्रतिशतले बढेको छ। आव २०८२/८३ मा कुल वैदेशिक व्यापार ८८ अर्ब ९९ करोड १८ लाख १० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो व्यापार ७६ अर्ब ३४ करोड १९ लाख ५३ हजार रुपैयाँ थियो।
पूर्वी नाकाबाट हुने कुल व्यापारमा आयातको हिस्सा भने थप बढेको छ। आयात–निर्यात अनुपात हेर्दा आव २०८१/८२ मा एक रुपैयाँको वस्तु निर्यात हुँदा २ रुपैयाँ २ पैसा बराबरको आयात हुने गरेकोमा गत आवमा यो अनुपात बढेर २ रुपैयाँ ३८ पैसा पुगेको छ।
कुल व्यापारमा निर्यातको हिस्सा ३३ दशमलव ०८ प्रतिशतबाट घटेर २९ दशमलव ५६ प्रतिशतमा सीमित भएको छ। यसको विपरीत आयातको हिस्सा ६६ दशमलव ९२ प्रतिशतबाट बढेर ७० दशमलव ४४ प्रतिशत पुगेको छ।
यसले काँकरभिट्टा नाकाबाट हुने वैदेशिक व्यापारमा आयातको निर्भरता बढ्दै गएको र निर्यातको हिस्सा क्रमशः खुम्चिँदै गएको देखाएको छ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :