कर्णाली । कालिकोटको पलाँता गाउँपालिका–थिर्पुस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९, थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीया मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार सुशील र मैना बमले शुक्रबार दिउँसो अस्पतालका मेडिकल अधिकृत डा. अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए।
त्यसैगरी, तपेन्द्र बम राति अस्पताल प्रवेश गरी कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेको प्रहरीले जनाएको छ।
तोडफोडबाट भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पङ्खा, अस्पतालका झ्याल, फार्मेसीमा औषधि राखिएका दराज तथा र्याकलगायतमा क्षति पुगेको जनाइएको छ।
प्रहरी नायब उपरीक्षक खत्रीका अनुसार चिकित्सक, नर्स तथा कर्मचारीमाथि कुटपिट र अस्पताल तोडफोडमा संलग्न तीनै जनालाई गएराति नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको विषयमा विवाद भएपछि चिकित्सक र नर्समाथि कुटपिट भएको थियो। त्यसै घटनालाई लिएर राति पुनः अस्पतालमा प्रवेश गरी आक्रमणको प्रयास तथा तोडफोड भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न एक बालकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रासस







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :