काठमाडाै । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय चार महत्वपूर्ण समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ ‘पपुलिज्म’ (लोकप्रियतावाद) ले लिन खोजेको विश्लेषण गर्नुभएको छ।
शनिवार तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले २०७९ सालको निर्वाचनयता सहरी मध्यम वर्ग, भूमिहीन–सुकुम्बासी तथा सहरी गरिब, नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपाली एमालेबाट टाढिँदै गएको बताउनुभयो।
उहाँले नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण घट्दै गएको तथा विदेशमा रहेका नेपालीसमेत पार्टीप्रति नकारात्मक बन्दै गएको उल्लेख गर्नुभयो।
पोखरेलले यी समुदायसँगको सम्बन्ध सुधार गर्न पार्टीले ‘मिसन ग्रासरुट’ लगायतका अभियान सञ्चालन गरे पनि तल्लो तहमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो।
उहाँले भन्नुभयो, ‘अब नेपालको राजनीतिमा वैकल्पिक शक्तिका नाममा पपुलिज्म अगाडि आउन खोजिरहेको छ। हामीले आम निर्वाचनका बेला चार वटा समुदाय हामीबाट टाढिएको विश्लेषण गरेका थियौँ। पहिलो, राजधानीमा ठूलो हिस्सा रहेको सहरी मध्यम वर्ग हामीबाट टाढिन खोज्यो। दोस्रो, भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासमा रहेका र सहरी गरिबहरू हामीबाट टाढिए। तेस्रो, नवयुवाको सहभागिता हाम्रो आन्दोलनमा क्रमशः घट्दै गयो। चौथो, विदेशमा रहेका नेपालीहरू हामीप्रति नकारात्मक बन्दै गए।’
उहाँका अनुसार पार्टीले युवासँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिँदै ‘मिसन ग्रासरुट’ अन्तर्गत प्रत्येक वडामा १० जना युवा पहिचान गरी नेतृत्व विकासको तालिम दिने योजना अघि सारेको थियो। तर उक्त कार्यक्रम अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो।
त्यसपछि गाउँपालिकामा १००, नगरपालिकामा १५०, उपमहानगरपालिकामा २०० र महानगरपालिकामा २५० जनासम्म युवा भेला गरी नेतृत्व विकासको तालिम दिने योजना बनाइए पनि त्योसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पोखरेलको भनाइ छ।
उहाँले पार्टीबाट टाढिँदै गएका समुदायसँगको सम्बन्ध पुनः स्थापित गर्दै संगठनलाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :