काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताउनुभएको छ।
कांग्रेस काठमाडौँ महानगरपालिका–२६ वडा कार्यसमितिले आज आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने तय भएको महाधिवेशन निर्धारित मितिमै सम्पन्न हुने बताउनुभयो।
उहाँले भन्नुभयो, “कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। उक्त बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेबारे निर्णय गर्छ।”
महामन्त्री पौडेलले पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अल्मल्याउने प्रयास भइरहेको भन्दै त्यसप्रति नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गर्नुभयो।
उहाँले कांग्रेस डिजिटल माध्यममार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको दाबी गर्दै आगामी दिनमा क्रियाशील सदस्यबाटै स्थानीय तहका उम्मेदवार छनोट गर्ने व्यवस्था गरिने बताउनुभयो।
कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले कांग्रेस कमजोर भए लोकतन्त्रसमेत कमजोर हुने भन्दै पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो।
त्यस अवसरमा कांग्रेस बागमती प्रदेशकी सहमहामन्त्री जीवन डङ्गोल, क्षेत्र नं. ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, बागमती प्रदेश सांसद एवं पूर्वप्रदेशमन्त्री हरिप्रभा खड्गी, क्षेत्र नं. ६ प्रदेश ‘क’ का सभापति ख्यामराज तिवारी, काठमाडौँ महानगरपालिका–२६ का सभापति अर्जुन सिंखडा, उपसभापति गणेश रिजाललगायतले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै