काठमाडौं । चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्म देशभर ४ हजार ४०८ वटा विपद्का घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुलेटिनअनुसार उक्त अवधिमा विपद्का घटनामा परी २०५ जनाको मृत्यु, पाँच जना बेपत्ता र एक हजार ३२४ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार वैशाखयता सबैभन्दा बढी मानवीय क्षति सर्पदंशबाट भएको छ। सर्पदंशका ८०१ घटनामा ५९ जनाको मृत्यु भएको छ भने ७४९ जना घाइते भएका छन्।
त्यस्तै, चट्याङका २३५ घटनामा २५ जना, लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका एक हजार ६० घटनामा २० जना र पहिरोका ८१५ घटनामा २० जनाको मृत्यु भएको छ।
विपद्का घटनाबाट देशभर ५ हजार ४५७ परिवार प्रभावित भएका छन्। हावाहुरीका ४८० घटनाबाट एक हजार ३५८ परिवार तथा आगलागीका घटनाबाट एक हजार १७० परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा