काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनी डोङफेङ मोटर कर्पोरेसनद्वारा उत्पादित बसहरू सार्वजनिक गर्ने भएको छ । उल्लेखित बसहरू आगामी साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो एक्स्पोमा पहिलोपटक सार्वजनिक गरिने कम्पनीले जनाएको छ । प्रारम्भिक चरणमा कम्पनीले दुर्ईवटा बसका मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । डोङफेङ मोटर कर्पोरेसन सन् १९६९ मा स्थापित चीन सरकार स्वामित्वको अग्रणी अटोमोबाइल निर्माता कम्पनी हो ।
पाँच दशकभन्दा लामो अनुभव बोकेको कम्पनीले यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी, विशेष प्रयोजनका सवारी तथा अटोमोबाइल पार्टपुर्जाहरू उत्पादन गर्दै आएको छ । गुणस्तर, विश्वसनीयता, सुरक्षा तथा नवीन प्रविधिका आधारमा डोङफेङले विश्व बजारमा विशिष्ट पहिचान स्थापित गरेको छ । हाल कम्पनीका उत्पादन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व तथा दक्षिण अमेरिकालगायत सयभन्दा बढी देशमा निर्यात हुँदै आएका छन् । नेपालमा समेत डोङफेङका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै लोकप्रिय रहँदै आएका कम्पनीको दाबी छ ।
हिमालयन अर्गनाइजेसनअन्तर्गतका कम्पनीहरूले विगतदेखि भारतको फोर्स मोटर्स तथा चीनको साइक समूहअन्तर्गतको म्याक्सस ब्राण्डका सवारीसाधनको नेपालका लागि आधिकारिक वितरकका रूपमा कार्य गर्दै आएका छन् । कम्पनीका अटो एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बसहरू प्रदर्शन गरिनेछ । साथै, निकट भविष्यमा ३८ र ५२ सिटका नौ र १२ मिटर लम्बाइका बसहरूसमेत नेपालमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा