काठमाडौं । विश्व स्तनपान सप्ताह-२०२६ का अवसरमा महालक्ष्मी विकास बैंकद्वारा आफ्ना महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।
स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थापना गरिएको बैंकले जनाएको छ । आयोजित एक कार्यक्रमबीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमका अध्यक्षले उक्त स्याहार कक्ष उद्घाटन गर्नुभएको हो ।
महिला कर्मचारीको नेतृत्व क्षमता अभिवृद्धि गर्दै संस्थागत विकासमा थप प्रभावकारी भूमिका निर्वाह गराउने, पेशागत दक्षता तथा आत्मविश्वास अभिवृद्धि गर्ने, कार्यस्थलमा समान अवसर र समावेशी वातावरण प्रवर्द्धन गर्ने तथा महिला सशक्तीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालनलगायतका गतिविधि गर्दै आएको उक्त फोरम बैंकको ३२औँ वार्षिक उत्सवका अवसरमा गठन गरिएको थियो ।
महालक्ष्मी विकास बैंकले समावेशिता र लैंगिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ । सो अवसमा बैंकले सबै कार्यस्थललाई मातृत्वमैत्री वातावरण निर्माणतर्फ अग्रसर हुन आग्रह गर्दै आफ्ना कर्मचारीको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति सदैव प्रतिबद्ध रहने विश्वाससमेत व्यक्त गरेको छ ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै