सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
मोरङबाट काठमाडौंका लागि छुटेको बा ५ ख ५९८४ नम्बरको हाइस ब्रेक फेल भई अनियन्त्रित भएर सडकको नालामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवि साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्।
त्यस्तै, सोही स्थानका २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।
घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ।
हाइसमा चालकसहित १४ जना सवार रहेकामा चार जना घाइते भएका हुन्। प्रहरीले हाइस चालक मोरङको बेलबारी नगरपालिका–३ का २५ वर्षीय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।







मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :