काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’मा आफ्ना प्रयोगकर्ताका लागि सहभागिताको व्यवस्था मिलाएको छ । कार्यक्रमअन्तर्गत खल्तीमार्फत् सयभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुने कम्पनीले जनाएको छ ।
कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना विजेताले करकट्टीपछि एक लाख र प्रत्येक १५ दिनमा एकजना बम्पर विजेताले १० लाख प्राप्त गर्नेछन् । खल्तीमार्फत् गरिएको योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत् आन्तरिक राजस्व विभागको प्लेटफर्ममा स्वतः पुग्नेछ । उपहार कुपन स्वतः सिर्जना हुने र त्यसलाई खल्ती एपमार्फत् हेर्नसमेत सकिने भएकाले कार्यक्रममा सहभागिता थप सहज हुने कम्पनीले जनाएको छ ।
विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत् विजेता छनोट गरी मोबाइल फोन तथा इमेलमार्फत् जानकारी गराउनेछ । खल्तीमार्फत् सहभागी भई विजेता बनेका प्रयोगकर्तालाई खल्तीले समेत विभिन्न माध्यममार्फत् जानकारी प्रदान गर्ने जनाएको छ ।
सरकारको उक्त पहलमा सहभागी हुँदै खल्तीले बिलमा आधारित कारोबार अभ्यासलाई विस्तार गर्न तथा डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास बढाउन सहयोग गर्ने लक्ष्य राखेको छ । जसबाट कारोबारको अभिलेखीकरण सहज भई औपचारिक अर्थतन्त्र र राष्ट्रिय राजस्व प्रणाली सुदृढीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भन्नुभयो, ‘सरकारको यस महत्त्वपूर्ण पहललाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्याउन पाउँदा हामी उत्साहित छौं । सरकारी प्राथमिकतासँग सहकार्य गर्नु, वित्तीय पारदर्शिता प्रवर्द्धन गर्नु र डिजिटल अर्थतन्त्र निर्माणको राष्ट्रिय कार्यसूचीमा जिम्मेवार योगदान दिनु हाम्रो प्रतिबद्धता हो । सुरक्षित, सहज र समावेशी डिजिटल वित्तीय सेवामार्फत् प्रत्येक नेपालीलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने हाम्रो प्रयास निरन्तर रहनेछ ।’






केएमसीमा साउन २४ गते ‘जब
ज्योति बैंकमा नेपालपे कार्ड सेवा
‘कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्’
एथरको मेगा उपहार योजना
‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र