काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ । कम्पनीले सो अवधिमा ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ६१ लाख ७० हजारको तुलनामा ८४.४५ प्रतिशतले बढी हो । कम्पनीका अनुसार उक्त उपलब्धिले नेपालमा इन्स्टा फाइनान्स क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई थप मजबुत बनाएको छ ।
आर्थिक वर्षभर कम्पनीको कर्जा लगानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ । कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले वृद्धि भई १२ अर्ब २२ करोड पुगेको छ, जसमा विशेषगरी सवारीसाधन वित्तीयकरण (अटोमोबाइल फाइनान्सिङ) को महत्त्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, निष्क्रिय कर्जा (एनपिएल) अनुपात ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ ।
कम्पनीको समग्र वित्तीय अवस्था पनि थप सुदृढ बनेको छ । कुल सम्पत्ति आठ अर्ब ४३ करोडबाट बढेर १२ अर्ब ६४ करोड पुगेको छ भने कुल स्वपुँजी (इक्विटी) एक अर्ब ४९ करोडबाट बढेर एक अर्ब ८९ करोड पुगेको छ । सो अवधिमा शुद्ध ब्याज आम्दानी २२ करोड १० लाखबाट बढेर ४८ करोड ४६ लाख ५० हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । त्यस्तै, सञ्चालन नाफा पनि ३३ करोड ५२ लाख ८० हजारबाट बढेर ६१ करोड ४६ लाख ८० हजार पुगेको छ ।
प्रमुख वित्तीय सूचकहरूमा पनि कम्पनीले उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ । वार्षिकीकृत स्वपुँजी प्रतिफल १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ भने वार्षिकीकृत आधारभूत प्रतिसेयर आम्दानी २६.०४ बाट बढेर ४८.०४ पुगेको छ । साथै, कम्पनीको कोषको लागत ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशतमा झरेको छ । ब्याजदर अन्तर १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ भने कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :