काठमाडाैं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले फागुन २१ गतेको निर्वाचनमा आफूले पार्टीभित्र ‘अन्तर्घात’ नभई खुला रूपमा ‘घात’ गरेको बताउनु भएकाे छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा शनिबार आयोजित कार्यक्रममा बोल्दै बस्नेतले पार्टी सभापति गगन थापालाई चुनौती दिँदै आफूले निर्वाचनमा सहयोग नगरेको स्वीकार गर्नुभयाे ।
चुनावमा सहयोग नगरेको कुरा आज मात्र नभएर चुनाव लगत्तैदेखि आफूले भन्दै आएको बताउँदै उहाँले भन्नुभयो,, ‘मेरा साथीभाइले सबैले सहयोग गरेको हो । मैले के को अन्तर्घात ? खुल्लै घात गरेको हो ।’
पुराना नेताको अनुहार हेरेर मत नआउने भन्ने नेतृत्वको धारणाका कारण आफूले पनि सहयोग नगरेको उहाँको भनाइ थियो। उहाँले आफूलाई पुराना नेतामध्येमा राखेर टिकट नदिने अवस्था बनेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयाे ।
बस्नेतले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले विगतमा बहुमत हासिल गरेको उल्लेख गर्दै देउवाको अनुहारले काम नगर्ने तर गगन थापाको अनुहारले मत ल्याउने भन्ने तर्कमाथि प्रश्न उठाउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘आफू कहिल्यै नहार्ने शेरबहादुर देउवा, कांग्रेसको बहुमतै बहुमत बनाएर राख्नुभयो । उहाँको अनुहारले काम नहुने रे ! गगन थापाको तर्साउने अनुहारले भोट आउने ?’
बस्नेतले अनुहारकै कारण मत नआउने भनिएपछि आफूले किन सहयोग गर्ने भन्ने प्रश्नसमेत गर्नुभयाे ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि