भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा वडाध्यक्ष सहित १२३ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्नु भएको छ ।
साल्पासिलिछो गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष बिक्रम वन सहित १२३ जना बिभिन्न पार्टी छाडेर श्रम संस्कृतिमा प्रवेश गर्नु भएको हो । नेपाली कांग्रेसमा आवद्ध बन सहित एमाले, नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले नयाँ पार्टी रोज्नु भएको हो । पार्टी प्रवेश गर्नेहरुलाई एक कार्यक्रमका बिच शनिवार पार्टीमा स्वागत गरिएको छ ।
नेपाल कांग्रेस भोजपुर जिल्ला सदस्य समेत रहनु भएका वनसहित उक्त दलका पालिका कमिटी सचिव श्रीभक्त राई, तरुण दल जिल्ला सदस्य विष्णु राईलगायत कांग्रेस, नेकपा (एमाले)र नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता श्रम संस्कृतिमा प्रवेश गर्नु भएको छ ।
साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकीडाँडामा आयोजित पार्टी प्रवेश तथा समायोजन कार्यक्रममा श्रम संस्कृतिका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हेमन्त राईले नवप्रवेशीलाई सदस्यता वितरण गर्दै स्वागत गर्नु भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु,
भदौदेखि रास्वपाको ‘नागरिक, नीति र
बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल