जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेस धनुषाले आज जनकपुरधाममा आयोजना गरेको अन्तरक्रियामा नेता निधिले लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको रक्षा तथा जनताको अधिकारका पक्षमा पार्टी नेतृत्व जिम्मेवार र परिपक्व भएर उभिनुपर्ने बताउनुभयो।
उहाँले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कांग्रेसको प्रभावकारिता नेता तथा कार्यकर्ताबीचको एकता र संगठनको सक्रियतामा निर्भर रहने उल्लेख गर्दै उहाँले सबै मिलेर संगठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। जनताका समस्या र अपेक्षालाई नजिकबाट बुझेर त्यसअनुसार राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो।
कार्यक्रममा कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले पार्टीभित्रको आन्तरिक किचलो चाँडो समाधान गरी एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।







गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो
सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर