भक्तपुर । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन्।
उपभोक्तालाई प्रतिसिलिन्डर रु सात हजारका दरले ग्यास बिक्री गरेको सूचनाका आधारमा प्रहरीले चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई आज पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार त्वयनाले सञ्चालन गरेको किराना पसलबाट तीन थान एलपी ग्यास सिलिन्डर नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि