काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वको दलले सञ्चालन गरिरहेको सरकारको ‘उडान’लाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शनिबार साँझ काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले यात्राका क्रममा जहाज बादलमा प्रवेश गर्दा टर्बुलेन्स हुने भए पनि त्यसलाई दुर्घटनाको संकेतका रूपमा बुझ्न नहुने बताउनुभयो।
उहाँले सरकारको यात्रामा कहिलेकाहीँ राजनीतिक वा अन्य परिस्थितिका कारण ‘टर्बुलेन्स’ आउन सक्ने भए पनि त्यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो।
“चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौँ, कहिलेकाहीँ मौसमले गर्दा टर्बुलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्याउँछौँ,” लामिछानेले भन्नुभयो। अप्ठ्यारो परिस्थिति आए त्यसलाई सम्हाल्न सक्ने क्षमता र जिम्मेवारी पार्टीसँग रहेको उहाँको दाबी थियो।
सरकारले आफ्ना प्रतिबद्धताअनुसार काम गरिरहेको दाबी गर्दै लामिछानेले असल नियतका साथ सरकारलाई गन्तव्यमा पुर्याउने बताउनुभयो। सरकारबारे विभिन्न किसिमका हल्ला र राजनीतिक रूपमा समस्या उत्पन्न भएको भन्ने चर्चा हुने गरे पनि त्यस्ता हल्लालाई गम्भीर रूपमा लिन आवश्यक नरहेको उहाँको भनाइ थियो।
“र्युमरहरू स्न्याक्स मात्रै हुन्, त्यसको खास त्यसभन्दा बढी भ्यालु केही पनि छैन,” उहाँले भन्नुभयो।
सभापति लामिछानेले रास्वपाले आफ्नो प्रतिबद्धता पूरा गर्न इतिहाससँगै वाचा गरेको दाबी गर्नुभयो। वाचा र प्रतिबद्धताबाट पछि हट्ने छुट पार्टीलाई नभएको उहाँले बताउनुभयो।
सरकारले रोजगारी सिर्जनालगायतका विषयमा गरेका प्रतिबद्धता तोकिएको समयमा पूरा हुन नसकेको हुन सक्ने स्वीकार गर्दै उहाँले त्यसका लागि हार नमान्ने बताउनुभयो। “हामीलाई हार मान्ने छुट नै छैन,” उहाँले भन्नुभयो।
इतिहासले कुनै पनि देश र समाजलाई परिवर्तनका लागि सधैँ अवसर नदिने उल्लेख गर्दै लामिछानेले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
समाजले आफूहरूलाई परिवर्तनको अवसर दिएको र आफूहरू त्यसको संवाहक मात्र भएको बताउँदै उहाँले वास्तविक परिवर्तनका लागि युवाहरूले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो। सरकार र राजनीतिक नेतृत्वको काम भने परिवर्तनका लागि आवश्यक वातावरण निर्माण गर्नु रहेको उहाँको भनाइ थियो।







कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,