काठमाडौं । राजधानी निवासी युवती तथा महिलाहरूको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजित क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि अनिशा खड्काले जित्नु भएको छ । हिमालयन मुभिज प्रोडक्शन हाउसद्वारा शनिबार राजधानीमा आयोजित यस सौन्दर्य प्रतियोगिताको दशौं संस्करणमा अनिता थापा अर्याल फर्ष्ट रनरअपु र अस्मिता तिमल्सिना सेकेण्ड रनरअप हुन सफल हुनु भयो ।
विवाहित तथा अविवाहित र विविध पेशामा आबद्ध नारीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रतियोगीहरूलाई करिब तीन सातासम्म विशेष प्रशिक्षण दिइएको थियो । वरिष्ठ फेशन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षण तथा कोरियोग्राफीमा सहभागीहरूलाई व्यक्तित्व विकास, बोलीचाली अभ्यास, क्याटवाक, फोटोसुट र भिडियो सुटका साथै आकर्षक ओपनिङ थिम नृत्यसमेत सिकाइएको थियो । विविध चरण पार गर्दै निर्णायकहरूको प्रश्नोत्तर चरणबाट विजेता तथा उपविजेताहरूको चयन गरिएको थियो ।
प्रतियोगितामा विभिन्न विधाका उपविजेताहरूको पनि घोषणा गरिएको थियो । जसअन्तर्गत मिमिता थापाले मोष्ट स्मार्टु, अस्मिता तिमल्सिनाले मोष्ट एक्टिभु, अनिशा खड्काले मोष्ट डाइनामिकु र अनिता थापा अर्यालले मोष्ट कन्फिडेन्टुको शीर्षक हात पार्नु भयो । त्यसैगरी नवीना कुमारी ओलीले वेष्ट फोटोजेनिकु र मोष्ट पपुलरु, प्रेमीशा गजमेरले वेष्ट ट्यालेन्टु, पवित्र गोलेले वेष्ट पर्सनालिटी एवं अञ्जना श्रेष्ठले मोष्ट चार्मिङु उपाधि जित्नुभएको छ ।
त्यस्तै सविता तोलानी मोष्ट डेडिकेटेडु तथा प्रवीना कुमाल मोष्ट डेलिजेन्टु र वेष्ट मल्टिमिडिया घोषित हुनुभयो ।
कार्यक्रमको निर्णायक मण्डलमा मिसेस ग्लोबल नेपाल–२०२६ सब्या महर्जन, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा, क्यापिटल क्विन नेपाल-२०२३ लक्ष्मी भुसाल, मिस्टर ह्याण्डसम नेपाल तथा मोडल अभिषेक खड्का र अभिनेत्री गीता अधिकारी रहनुभएको थियो । राजधानीवासी महिलाहरूमा निहित प्रतिभा र क्षमता उजागर गर्ने मुख्य लक्ष्यका साथ यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक पक्षले जनाएको छ ।







किएभमा रूसी आक्रमण तीन जनाको
एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध,
जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा
इरान-ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७