काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। बैठकमा पार्टीभित्र देखिएको पछिल्लो विवाद, संस्थापन इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, आगामी महाधिवेशन तथा सर्वोच्च अदालतको पछिल्लो निर्णयलगायत विषयमा छलफल हुने बताइएको छ।
संस्थापन इतर समूहले यही साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो। उक्त भेलालाई लिएर पार्टीभित्रको आन्तरिक विवाद थप चर्किन सक्ने देखिएपछि नेतृत्वले केन्द्रीय समितिमार्फत छलफल अघि बढाउन लागेको हो।
इतर समूहले पार्टी नेतृत्वले आन्तरिक एकताका लागि अपेक्षित पहल नगरेको आरोप लगाउँदै नयाँ दल गठन गरेर अघि बढ्ने तयारीसमेत गरेको थियो। तर, सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनको बाटो खुला गरेपछि इतर पक्ष केही लचक बनेको देखिएको छ।
बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे समीक्षा गर्दै विवाद समाधानका लागि आवश्यक पहल गर्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ। कम्तीमा दुई दिनसम्म चल्ने बैठकले आगामी महाधिवेशनको तयारी र पार्टीको सांगठनिक अवस्थाबारे पनि आवश्यक निर्णय लिन सक्ने कांग्रेस नेताहरूले बताएका छन्।







मनसुन सक्रिय, देशका केही स्थानमा
वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न
आजका लागि तोकियो विदेशी मुद्राको
झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति
घ्याङस्वारा अर्ग्यानिक चियाको मूल्य प्रतिकिलो
हरेक वर्ष कोशीको बाढी र