काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार ८००ले वृद्धि भई रु तीन लाख एक हजार ७०० कायम भएको छ । गत शुक्रबार एक तोला सुनको रु दुई लाख ९६ हजारमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ६५ ले बढेर रु चार हजार ६४५ पुगेको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ५८० मा किनबेच भएको थियो । प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३४३ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।







इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार
नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो