कपिलवस्तु । शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी निरीक्षक दीपक कुँवरकाअनुसार गोरुसिङ्गेबाट शुक्रबार दिउँसोदेखि परिवार तथा आफन्त संग सम्पर्क विच्छेद भएका थिए । खोजी गर्ने क्रममा उनको शव जंगलमा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न बाँकी रहेको छ । प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।







तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार
नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो
सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप