ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार, अनुशासन र जवाफदेहिता आवश्यक रहेको बताउनुभएको छ ।
गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आज ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति ढकालले शासनसत्ताको स्रोत नागरिक भएकाले नागरिकलाई केन्द्रमा राखेर राज्य सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले पहुँचका आधारमा राज्यका निकायबाट काम हुने प्रवृत्तिले सुशासन कायम हुन नसक्ने उल्लेख गर्नुभयो । सुशासन कायम गर्ने जिम्मेवारी पाएका पदाधिकारी र निकाय नै अनुशासनमा नरहे सुशासनको अपेक्षा गर्न नसकिने उहाँको भनाइ थियो ।
“पहुँचले जे पनि हुने अवस्थाले सुशासन कायम हुन सक्दैन,” उहाँले भन्नुभयो, “सुशासन कायम गर्ने जिम्मेवारी बोकेका पदाधिकारी र निकाय अनुशासनमा रहेनन् भने सुशासन कायम हुन सक्दैन ।”
सभापति ढकालले विधिको शासन र अनुशासनका आधारमा राज्य सञ्चालन गर्न कानुन निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । शासनसत्तामा रहेकालाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक तहबाट निरन्तर खबरदारी आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले १६औँ आवधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिँदै जलवायु परिवर्तन, खाद्य सुरक्षा तथा जनशक्ति र प्रतिभा पलायनजस्ता चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उपाध्यक्ष भट्टले डिजिटल सुशासन र अर्थतन्त्रलाई सँगसँगै अघि बढाएर दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले डिजिटल सुशासनमा केन्द्रित सम्मेलन महत्वपूर्ण रहेको बताउनुभयो । संशोधनको चरणमा रहेका २१० वटा ऐन निर्माणमा सम्बन्धित सरोकारवाला तथा नागरिकको प्रत्यक्ष सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो ।
नीतिगत व्यवस्था तथा कानुन तर्जुमामा जनताको सहभागिता र अपनत्व सुनिश्चित नभएसम्म प्रभावकारी सुशासन कायम गर्न नसकिने अध्यक्ष भट्टराईको भनाइ थियो।







दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७