काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ।
सांसद ढकालले आइतबार एक कार्यक्रममा बोल्दै नेपालमा सिंह नपाइने भएकाले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न उठाउनुभएको थियो। उहाँले राजनीतिक परिवर्तनपछि विभिन्न स्थान तथा विमानस्थलका नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने यथावत् रहेको बताउनुभएको थियो।
उहाँले सिंहदरबारलाई ‘अनामनगर दरबार’ नाम राख्न सकिने धारणा राख्दै नामसँगै सिंहदरबारको कार्यशैली, हाउभाउ र भाषामा समेत परिवर्तन आवश्यक रहेको बताउनुभएको थियो।
सांसद ढकालले भन्नुभएको थियो, ‘परिवर्तनपछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, एयरपोर्टहरूका कहाँ-कहाँ नाम परिवर्तन भए। त्यो सिंहदरबार भन्ने चाहिँ, न हामीसँग सिंह छ, हैन ? हामीसँग सिंह छैन। त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन। त्यसलाई अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो होला।’
उहाँले सिंहदरबारको परम्परागत कार्यशैली र भाषालाई समेत परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको थियो। ‘हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू, त्यो भाषा जस्तै छ। त्यो चिर्नुपर्नेछ,’ उहाँले भन्नुभएको थियो।
सांसद ढकालको उक्त अभिव्यक्तिप्रति राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्दै आलोचना गर्नुभएको हो।
श्रेष्ठले ढकालको नाममै व्यङ्ग्य गर्दै लेख्नुभएको छ, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन्! जसको मनमा हरि नै छैन, उसको नाम चाहिँ हरि? गोबर नाम राखे हुन्न?’
सिंहदरबारको नाम परिवर्तनसम्बन्धी सांसद ढकालको प्रस्ताव र श्रेष्ठको प्रतिक्रियाले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई