काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।
पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको हो।
कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशनको तयारी तथा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका विषयमा विस्तृत छलफल हुनेछ।
बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका निर्माण, सदस्यता अद्यावधिक र वितरणलगायत विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो।
त्यस्तै, महाधिवेशन तयारी समिति गठन तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने जनाइएको छ।
बैठकमा पछिल्लो समय तराई–मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको १०० दिनको समीक्षा तथा विपक्षी दलको भूमिकाका विषयमा समेत छलफल हुने नेता स्वाँरले बताउनुभयो।
यसैगरी प्रदेश सरकार, पार्टीको सङ्गठनात्मक अवस्था, मुलुकका समसामयिक राजनीतिक मुद्दा तथा भ्रातृ संस्थाका विधानका विषयमा पनि बैठकमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल