काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।
रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारमा सहभागी आफ्ना मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्ने जानकारी दिएको हो।
रास्वपाका सहमहामन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ।
पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरूले आमनागरिकसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ। उक्त समयमा नागरिकले आफ्ना गुनासा, समस्या, अपेक्षा तथा सुझाव मन्त्रीसमक्ष राख्न सक्नेछन्।
त्यसपछि साँझ ६ बजेपछि दोस्रो चरणअन्तर्गत ‘नेतृत्व संवाद’ सञ्चालन हुनेछ। उक्त चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ।
नागरिकसँगको संवादका क्रममा प्राप्त सुझाव तथा समसामयिक र नीतिगत विषयमा उक्त बैठकमा छलफल गरिने रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वय बढाउनु हो। नागरिकका मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्न साझा रणनीति निर्माण गर्ने, मन्त्रीहरूलाई नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने तथा नागरिकका वास्तविक समस्या बुझेर नीति र कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने लक्ष्य कार्यक्रमले लिएको छ।
त्यस्तै, पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने उद्देश्यसमेत कार्यक्रमको रहेको रास्वपाले जनाएको छ।
सहमहामन्त्री शाहद्वारा जारी विज्ञप्तिमा निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु लोकतन्त्रको मर्म भएको उल्लेख गरिएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम अघि बढाउन लागिएको रास्वपाले जनाएको छ।








न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल
आइतबारको बिदा कटौती गर्न राप्रपा