काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको आरोप लगाउनुभएको छ।
आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकार बरालिएको दाबी गर्नुभयो। उहाँले सरकारका गलत कदमलाई नियन्त्रणमा ल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसको भएको बताउनुभयो।
प्रधानमन्त्री शाहले आफूले चलाएको ‘गाडीमा ब्रेक नभएको’ बताएको प्रसंग उल्लेख गर्दै सभापति थापाले सरकारलाई तीव्र गतिमा अघि बढ्ने छुट भए पनि संविधान र विधिको ‘लेन’ मिच्न नदिने चेतावनी दिनुभयो।
“प्रधानमन्त्रीले मेरो गाडीमा ब्रेक छैन भन्नुभयो। स्पीडमा हिँड्ने उहाँको छनोटमा हाम्रो केही भन्नु छैन। स्पीड बढाउन सक्नुहुन्छ, ब्रेक नलगाउन सक्नुहुन्छ, तर लेन मिच्न दिँदैनौँ,” उहाँले भन्नुभयो।
सभापति थापाले सरकार बरालिएको भन्दै त्यसलाई सही बाटोमा ल्याउने काम कांग्रेसको भएको बताउनुभयो।
“सरकार बरालिएको छ, ठीक ठाउँमा ल्याउने काम कांग्रेसको हो,” उहाँले भन्नुभयो।
उहाँले प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा कांग्रेस सही बाटोमा अघि बढिरहेको दाबीसमेत गर्नुभयो।







खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,