काठमाडौं । नेपाली कांग्रेसका नेता बाबुराम आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकार सञ्चालनमा एक्लै अघि बढ्न खोज्नुको सट्टा स्पष्ट योजना, दृष्टिकोण र कार्यान्वयन क्षमता भएका व्यक्तिहरूलाई साथमा लिएर अघि बढ्न सुझाव दिनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई सुझाव दिँदै आचार्यले ‘एक्लै हिँड्न खोज्ने अनि एक्लै भएँ भन्ने’ प्रवृत्तिले समस्या निम्त्याउन सक्ने भन्दै सहकार्य र टिम निर्माणमा ध्यान दिन आग्रह गर्नुभएको हो ।
‘तपाईं एक्लै हिँड्न खोज्नुहुन्छ, अनि एक्लै भएँ भन्नुहुन्छ, एक्लै नहिँड्नुहोस्, डिप्रेसनमा जानुहोला’, आचार्यले लेख्नुभएको छ, ‘साथीहरू लिएर हिँड्नुहोस् तर साथीहरू देश बनाउने मिसन, भिजन र गोल भएका साथीहरू लिएर हिँड्नुहोस् । योजना र कार्यान्वयन क्षमता भएका साथीहरू लिएर हिँड्नुहोस्, तपाईंलाई जनताको साथ अवश्य रहनेछ ।’
आचार्यले प्रधानमन्त्री शाह नेतृत्वको सरकारप्रति जनताको अपेक्षा ठूलो रहेको भन्दै ठूला–ठूला भाषण र आश्वासनभन्दा दैनिक जीवनसँग जोडिएका स–साना कामबाट सरकारको मूल्यांकन हुने बताउनुभएको छ । उहाँले विगत ३५ वर्षका सरकारहरूले केही गर्न नसकेको आरोप लगाउँदै आएको सन्दर्भ जोड्दै शाहको नेतृत्वमा रहेको पार्टी र सरकार पनि यही ढंगले अघि बढे सकारात्मक परिवर्तन सम्भव नहुने टिप्पणी गर्नुभएको छ ।
‘३५ वर्ष पुरानाले खाए, केही गरेनन् भन्नुभयो’, आचार्यले भन्नुभयो, ‘यही तरिकाले तपाईंको पार्टी र सरकार अगाडि बढे ३५ वर्ष मात्र होइन, अझै ७० वर्ष पनि केही नयाँ सकारात्मक परिवर्तन हुने देखिन्न ।’
प्रधानमन्त्री शाहले पद सम्हालेपछि कतिपय कामको सुरुवात सकारात्मक देखिए पनि पछिल्ला दिनमा सरकारका काम कमजोर बन्दै गएको आचार्यको टिप्पणी छ । उहाँले जनताका लागि हावादारी आश्वासन र मीठा गफ नभई परिणाम आवश्यक रहेको बताउनुभयो ।
‘प्रधानमन्त्रीज्यू, जनताका लागि हावादारी आश्वासन र मीठा गफ होइन, अब परिणाम चाहिएको छ’, उहाँ लेख्नुहुन्छ, ‘बिजुलीको तारको कुरा एउटा पाटो हो, खाना पकाउने ग्यास र अन्य जनताका आधारभूत आवश्यकताको परिपूर्तिको अवस्थाबारे चिन्तित बन्नुहोस् ।’
आचार्यले काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा विद्युत्, टेलिफोन, इन्टरनेट र केबलका अव्यवस्थित तारका कारण सुरक्षा चुनौतीसँगै सहरी सौन्दर्यमा समेत असर परेको भन्दै तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा सुरु गरिएको तार व्यवस्थापनको अभियान प्रधानमन्त्री बनेपछि रोकिएको हो कि भन्दै प्रश्नसमेत गर्नुभयो । ‘तार हटाउने योजना कहाँ पुग्यो प्रधानमन्त्रीज्यू ?’ भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।
आचार्यका अनुसार विद्युत्, टेलिफोन, इन्टरनेट, केबललगायतका तारका कारण काठमाडौंसहित देशभरका सहर असुरक्षित बन्दै गएका छन् । पोल तथा विद्युत्का पोलमा अव्यवस्थित रूपमा राखिएका तारले सहरको स्वरूपसमेत कुरूप बनाएको उहाँको भनाइ छ ।







जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः