काठमाडौँ । खाना पकाउने ग्यासमा हुने कालोबजारी रोक्न तथा आपूर्ति सहज बनाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासा तथा सूचना प्राप्त भएपछि अनुगमनलाई कडाइ गरिएको हो।
उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बजार अनुगमनलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइएको छ। उहाँका अनुसार ग्यास आपूर्तिमा पनि क्रमशः सहजता आउन थालेको छ।
ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग काठमाडौँ उपत्यकाका ग्यास डिपोमा सुरक्षाकर्मी परिचालन गरी अनुगमन गर्न आग्रह गर्नुभएको थियो।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न निर्देशन दिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।







बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै